Nepali Essay (Nibandha)
बिज्ञान र विकास (Science and Development)
For: Nepali Students
Language Medium: Nepali
Read this Also:
बिज्ञान र विकास (Science and Development)
For: Nepali Students
Language Medium: Nepali
सामान्य अर्थमा बिज्ञान भन्नाले कुनै पनि कुराको खोजमुलक र तथ्यपरक ज्ञान भन्ने बुझिन्छ। बिज्ञानको सम्बन्ध यथार्थसंग हुन्छ र भौतिकबाद विज्ञानको मेरुदण्ड हो। विकास भन्नाले सकारात्मक परिबर्तनको प्रक्रिया भन्ने बुझिन्छ। बिज्ञान कुनै युगौ अघिदेखिको मानबिय अभिलासाबात सिर्जित भएको देखिन्छ। बिज्ञान र विकास आपसमा अन्तरसम्बन्धित बिषय हुन्।
This Essay is Moved to our new site => http://www.merospark.com/nepali-medium-notes/science-and-development-nepali-essay/
बिज्ञान आजको युगमा अपरिहार्य छ। एक्काइसौ शताब्दीसम्म आइपुग्दा मानिसको जेजति प्रगति गरे ति सबै बिज्ञानकै देन हुन्। विभिन्न किसिमका उर्जाहरुको उपयोग गरि अप्ठयार र असम्भब काम पनि सहजै गर्न सकिने भएको छ। घरैमा बसी संसार हर्ने, अरुसंग कुरा गर्न र एक ठाउँबाट अर्को ठाउँमा जान बिज्ञानले निकै मद्धत पुर्याएको छ। शिक्षा, स्वस्थे, संचार, यातयातको विकास तथा अन्य विकासका कार्यमा बिज्ञान बहुउपयोगी साबित भएको छ। विज्ञानको उपयोग गरि मुलुकको अर्थव्यबस्था सुध्रिद पार्न जलबिधुत निकासी गर्न तथा कृषिमा क्रान्ति ल्याउन सके हाम्रो देश बिकासका पक्षमा अगाडी बढ्न सक्छ। भौतिक संरचनाको विकासमा भौतिक बिज्ञान तथा पशुपन्छीको नश्ल सुधार वंशाणुको परिबर्तन गरि जन्मजात रोगहरुको उपचारका साथै चिकित्सा क्षेत्रले गरेको आमुल परिबर्तनले मानब विकासक्रमलाइ चरम रुपमा पुर्याई दिएको छ। सूचना प्रविधिमा भएको विकासले विश्वलाई संजालमा बाधिएको छ। कुनै पनि ज्ञान तथा जानकारी चाहिएको बेला उपलब्ध हुने गरि सुरिक्षत राख्न सकिन्छ। बस्तिबिहिन क्षेत्र तथा मानव स्वस्थे प्रतिकुल बाताबरणमा पनि बसोबास गर्न विज्ञानले मानिसलाई सजिलो बने दिएको छ। विकासका नयानया सम्भाव्यता र अनुसन्धानलाई विभिन्न सिद्दान्तहरुमार्फत विज्ञानले सहज बनाई दिएको छ। विज्ञानले विकासका साथै केहि बिनास पनि निम्त्याएको छ। प्रदुषण, नयानया रोगको उत्पति, बढ्दै गैरहेको सामाजिक अपराध, बैज्ञानिक उपकरण जस्तै मोबाइल, टि.भी. , कम्प्युटर, को दुरुपयोगका साथै आणविक शास्त्रको निर्माण र प्रयोग पृथिबीको दुखद भविष्यलाइ अध्यारो बनाइरहेको छ।
बिज्ञान केहि नकारात्मक प्रयोगलाई सुधार गरेर सहि काममा मात्र उपयोग गरि बिज्ञानको अधिक प्रयोग गरि फाइदा लिन सकेको खण्डमा जीवहरुको एक मात्र बासस्यथल पृथिबी सबैका लागि जीव अनुकुल नै तहिरहनेछ र बिज्ञान अभिशाप नभई बिकासको बरदान साबित हुनेछ।
Read this Also:
- युवावर्ग र बैदेशिक रोजगारी (Youth And Foreign Employment) | Nepali Essay Writing
- Old Question Paper 2069 - Compulsory Nepali (अनिवार्य नेपाली ) Class 11 | Download
- आर्थिक विकासमा जलस्रोतको भूमिका - Nepali Essay Writing
- Harka Bahadur – Nepali Long Question | हर्क बहादुर आम नेपाली जनताको प्रतिनिधि हो
Don't forget to Like, Share and Comment. Please join with us on Facebook and Google+ or Subscribe email updates for daily Notes.

No comments:
Post a Comment
Don't forget to Comment. If you want any Notes, Guides or Information Write on Comment Box.