We have started new website of Reference Notes where you will find Notes, Question Paper, Solution, Old is Gold, Educational Software of all level. The location is www.MeroSpark.com . We are transferring all content from here to our new site.

बिरेको चारित्रिक विशेषतामाथि प्रकाश पर्नु होस् - बहुला काजीको सपना

Nepali
Nepali | Notes
Short Question With answer form Nepali
For: HSEB Students
From: बहुला काजीको सपना (Bahulaa Kaajiko Sapana)

बिरेको चारित्रिक विशेषतामाथि प्रकाश पर्नु होस्।
नाटककार विजय मल्लद्वारा लिखित 'बहुला काजी को सपना' नाटकको वीरे चर्चित पुरुष पात्र हो । मातृस्नेहबाट वन्चित वीरेलाई उसका बाबुले भारि बोकेर भए पनि लालनपालन गरेको हुन्छ । घरको छिंडीमा जीवन बिताउन बाध्य छ - उसको बाबु । वीरे गरिब ज्यामीको छोरो भए पनि त्यस्ता व्यक्तिमा पनि बौद्दिकता पाउन सकिन्छ भन्ने तथ्यलाई विरेको पढाईको सफलताले प्रमाणित गरेको छ ।


समाजमा परिबर्तन आउनुपर्छ भन्ने विचार वीरेले अँगालेको छ । अर्थात् बहुला काजिसरह नै वीरे पनि परिबर्तन ल्याउने चेतनाको उज्यालो समाजमा छर्न चाहन्छ । त्यसैले उसको विचार उच्च र उदार किसिमको देखिन्छ, यति हुदाहुदै पनि उसमा निराशाले छाएको छ । ऊ एउटाले मात्र पढीदिनाले अनादिकालदेखि चलिआएको सामाजिक समस्या हट्छ भन्ने उसलाई पटक्कै विश्वास्त छैन । तर पनि सामाजको निम्ति केहि गर्न चाहन्छ ।

यसप्रकार प्रस्तुत नाटकको वीरे क्रान्तिको फिलङ्गो हृदयमा भएको एक किशोर हो । उसलाई शिक्षित र दिक्षित बनाउनमा बहुला काजीको ठुलो भूमिका रहेको छ । तर उसभित्र पलाएको क्रान्तिको फिलङ्गो सल्कने सामग्री उपलब्ध नभईकन नै गरिबीको चपेटामा परे उसको किशोर जीवन त्यसै समाप्त हुन्छ । यसरी होनहार विद्यार्थी, सत्पात्र क्रान्तिकारी, देशभक्त तथा आज्ञाकारी पात्रको रुपमा वीरे प्रस्तुत नाटकमा आएको देखिन्छ । 


Read This Also:

Don't forget to Like, Share and Comment. Please join with us on Facebook and Google+ or subscribe email updates for daily Notes.

1 comment:

  1. why is it so short??? This is a very lazy work.. !!!! BTW the book is better.

    ReplyDelete

Don't forget to Comment. If you want any Notes, Guides or Information Write on Comment Box.